लौ हेर्नुहोस् । यि बालिकाको नाकनै छैन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ चैत्र २०७१, बिहीबार १३:४९

मानिसको शरीरमा नौवटा प्वाल हुन्छन् । तर, आयरल्यान्डकी एउटी बालिकाको शरीरमा सातवटा मात्रै प्वाल छ । किनकि, उनको नाक छैन । जन्मँदैखेरि टेसा इवांस नाम गरेकी बालिकाको नाक थिएन । मेडिकल साइन्सका अनुसार अरहिनिया नामक दुर्लभ बिमारका कारण उनको नाक नभएको हो । संसारभरबाट यस्तो रोग लागेका ४७ मानिसको पहिचान भइसकेको छ । यस्तो रोग लाग्ने व्यक्तिको नाकसँगै घ्राणशक्ति पनि हुँदैन । टेसा सुगन्ध र गन्धबीचको भेद पहिल्याउन सक्दिनन् । यस्तो रोग लागेका मानिसको मानसिक अवस्था पनि कमजोर हुन्छ ।

babyग्रेइनी र नाथन इवांस दम्पती छोरीको भविष्यलाई लिएर चिन्तित छन् । किनकि, छोरीको नाकसँगै बायाँ आँखामा पनि समस्या छ । उनको बायाँ आँखाले देख्न सक्दैन । उनी ११ हप्ताको भएका वेला डाक्टरले आँखाको शल्यक्रिया गरेर निको पार्ने कोसिस गरे पनि असफल भए । दायाँ आँखाबाट भने उनी राम्रोसँग हेर्न सक्छिन् । टेसा अहिले १८ महिनाको भएकी छिन् । तर, उनको शरीर उनकै उमेरसमूहका बालिकाको भन्दा सानो छ । लन्डनस्थित गेट ओरमन्ड स्ट्रिट हस्पिटलले टेसाका लागि नक्कली नाक बनाउन सकिने जनाएपछि ग्रेइनी र नाथन दम्पती अहिले खुसी छन् । तर, यस्तो खालको शल्यक्रिया पहिलोपटक गर्न लागिएकाले पूर्णतस् विश्वस्त नहुन डाक्टरले उनीहरूलाई सचेत गराएका छन् । साथै, शल्यक्रियाको शुल्क ज्यादै महँगो हुने डाक्टरले बताएका छन् । छोरीको उपचारका लागि लाग्ने रकमको जोहो गर्न नसकेपछि दम्पतीले अहिले चन्दा संकलन सुरु गरेका छन् । यस वर्षको अन्त्यतिर शल्यक्रिया हुने डाक्टरले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१