पोखरा,२६ चैत । पोखराको आकाशमा प्याराग्लाइडिङ उडाउन १५ नयाँ कम्पनी थपिएका छन्। यसले प्याराग्लाइडिङको भिड अझै बढाउने भएको छ। अझै केही कम्पनी थपिने व्यवसायीले बताए। नेपाल हवाई खेलकुद संस्था (एनएए) का उपाध्यक्ष सोबित बानियाँका अनुसार माघयता १५ नयाँ कम्पनीले अनुमति पाएका छन्। पोखराको आकाशमा प्याराग्लाइडिङ गराउने कम्पनी अब ३५ पुगेको छ।
यहाँ १७ वर्षअघि प्याराग्लाइडिङ सुरु भएको हो। एकै वर्षमा यति धेरै कम्पनी थपिएको यो पहिलो घटना हो। पर्यटक आगमन बढिरहेको र सिजनका बेला पाहुनाले भिड बढेर उड्न पाउन पालो कुनुपर्ने अवस्था रहेकोले आफूले प्याराग्लाइडिङमा लगानी गरेको लेकसाइड प्याराग्लाइडिङका सञ्चालक प्रेम सुवेदीले बताए। यसले पर्यटन मन्त्रायलबाट अनुमति पाएको र एएसओसी पाउने क्रममा रहेको उनले बताए। १० दिनभित्र व्यापारिक उडान थाल्ने उनले जानकारी दिए।
प्रतिक्रिया