जुम्लामा पत्रकारिता विषयको पढाइ बन्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ चैत्र २०७१, बिहीबार ११:३२

जुम्ला,२६ चैत । चन्दननाथ नगरपालिकाअन्तर्गत सदरमुकामको दक्षिणमा रहेको रत्नचुण्डेस्वर उच्च माविमा सञ्चालन भइरहेको पत्रकारिता विषय विद्यार्थी एवम् विषयगत शिक्षकको अभावमा अहिले पठनपाठन बन्द भएको छ । jumlaपत्रकारिता विषय पढाइ सुरु गरेको दुई वर्षसम्म कक्षा सञ्चालन गरेको भए तापनि हाल विद्यार्थी तथा विषयगत शिक्षकको अभावमा पढाइ सञ्चालनमा ल्याउन नकिएको जानकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुनबहादुर नेपालीले दिनुुभयो । त्यसैगरी जुम्लामा पत्रकारिता विषयमा अध्ययन गरी सकेपछि त्यसभन्दा माथि पढ्ने क्याम्पस नभएका कारणले पनि पत्रकारिता विषय अध्ययन अध्यापन गराउन असजिलो भएको उक्त उमाविका प्रधानाध्यापक गजेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१