काठमाडौं २६ चैत । आन्दोलनको कार्यक्रम बारे विवाद सुरु भएको ३० दलीय मोर्चामा खटपट सुरु भएको छ । विवादसँगै ममधेसी मोर्चा एकीकृत नेकपा माओवादीको साथ छोड्नगरि तयारीमा लागेको छ । मोर्चाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको भूमिकाप्रति शंका गर्दै तराई–मधेसकेन्द्रित राजनीतिक दलहरू अलग्गै संघर्ष गर्ने तयारीमा जुटेका छन । आन्दोलनको अलग्गै कार्यक्रम ल्याउन र मधेसकेन्द्रित आन्दोलन गर्नेगरि आज छलफल हुँदैछ । आजको छलफलबाट मोर्चामा बस्ने वा छुट्टै मोर्चा बनाएर अघि बढ्ने भन्नेमा निस्कर्ष निकालीने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । बिना कुनै उपलव्धी विचमै आन्दोलन फिर्ता लिनु गलत भएको मोर्चामा रहेका धेरै दलको निस्कर्ष रहेको उनको भनाई छ ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले पनि ३० दलीय मोर्चालाई असर नपर्ने गरी तराई–मधेसका मुद्दामा केन्द्रित भएर अलग्गै संघर्ष गर्नुपर्नेमा छलफल सुरु भएको बताए । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाले आमहडताल फिर्ता लिने निर्णय गरेर मधेस र मधेसी जनतालाई गम्भीर धोका दिएको आरोप लगाइसकेका छन् । तर विजयकुमार गच्छेदार भने मधेसी मोर्चामा रहेका अरु दलको पक्षमा छैनन ।
प्रतिक्रिया