काठमाडौं,२६ चैत । संविधान लेखन प्रक्रियामा एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चालाई कसरी सामेल गराउने भन्ने उपाय खोज्न अहिले सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुबीच छलफल भइरहेको छ । प्रधानमन्त्री सुशील कोइरालाको सरकारी निवास बालुवाटारमा जारी छलफलमा दुबै पार्टीका शिर्ष नेताहरु सहभागी छन् । नेताहरुबीच यही चैत ३० गते बस्ने संविधान सभाको बैठकलाई कसरी परिणाममुखी बनाउने र विपक्षी मोर्चासँग कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।
प्रतिक्रिया