गफको भरमा पार्टी एकता हुदैंन,गुरुङ्ग भन्छन् -‘राजनीतिक कार्यदिशा नै नमिलेर फुटेका हौं’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ चैत्र २०७१, बुधबार १७:०५

काठमाडौं,२५ चैत । नेकपा–माओवादीका सचिव देब गुरुङ्गले एकीकृत नेकपा माओवादीले हेटौडा महाधिवेशनको कार्यदिशा परिवर्तन नगरेसम्म दुई पार्टी विचको एकता सम्भव नरहेको स्पष्ट पारेका छन् । राजधानीमा बुधबार आयोजित कार्यक्रममा उनले आफूहरु पदको लागि भन्दा पनि राजनीतिक कार्यदिशा नै नमिलेर फुटेको दावी गर्दै भने– पालुङ्गटार र खरिपाटीसम्म हामीसँगै थियौ । हेटौडा महाधिवेशनको राजनीतिक कार्यदिशा नमिलेर फुटेको हो ।

dev त्यसैले त्यसमा परिवर्तन नभएसम्म एकता सम्भव छैन ।  गुरुङले पार्टी एकताको लागि भावनात्मक र मनोबैज्ञानिक समस्या नभएको ले अहिले आफूहरू एकताको प्रयासमा लागेको भन्दै हेटौडाको कार्यदिशामा पुर्नविचार गरे पार्टी एकता हुन सक्ने बताए। एकीकृत नेकपा माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले उनले नेकपा–माओवादीसँग पार्टी एकताको सम्भावना रहेको भन्दै त्यसकोलागि प्रयास भईरहेको जानकारी दिए । उनले कम्युनिष्टहरु फुट्न मात्रै जान्दैनन मिल्न पनि जान्दछन भन्दै विचार र कार्यदिशामा एकता हुने वित्तिकै पार्टी एकता हुने र त्यसबेला पार्टीको नेतृत्व गौण हुने स्पष्ट पारे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१