‘माने मान्नुहोस् नभए प्रक्रियामा जान्छौं’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ चैत्र २०७१, बुधबार १६:३३

काठमाडौं,२५ चैत । सत्तारुढ दलका नेताहरुले चैत्र ३० गतेभित्र पनि विपक्षी दलहरुसँग सहमति हुन नसके प्रक्रियामा जानुको विकल्प नहुने बताएका छन् । विपक्षीले आन्दोलन फिर्ता लिनु सकरात्मक भएपनि बहुमतको जनादेश सम्बोधन हुने किसिमले सहमति गर्नुुपर्ने उनीहरुको भनाइ छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसीले अधिकांश विषयमा सहमति भइसकेको भन्दै केही जिल्लाको सीमांकन विवाद जुँगाको लडाइँ बनेको बताए ।
bhimयस्तै, एमाले नेता भीम रावलले चैत्र ३० गतेभित्र सहमति नभए संविधानसभामा प्रक्रिया अघि बढ्ने बताए । यस्तै, एकीकृत माओेवादीका नेता टोपबहादुर रायमाझीले सत्तारुढ दल पछिल्लो समय सहमतिका पक्षमा देखिएको भन्दै सकरात्मक वातावरण बनेको बताए । कार्यक्रममा नेकपा–माओवादीका नेता देव गुरुङले भने सर्वपक्षीय भेलाको अडान दोहोर्‍याउँदै विवादित विषयमा प्रक्रियामा सहमति गरिनुपर्ने सुझाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१