विद्यालयको शुल्कवृद्धिबारे शिक्षा विभागले अनुगमन गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ चैत्र २०७१, बुधबार १४:४८

काठमाडौं,२५ चैत । निजी विद्यालयले आफुखुसी शुल्कवृद्धि गरेको तथा सामुदायिक विद्यालयले निःशुल्क शिक्षाको मान्यताविपरीत शुल्क लिएको भन्ने गुनासोका सम्बन्धमा शिक्षा विभागले नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै अनुगमन गर्ने भएको छ । शिक्षा विभागका महानिर्देशक डिल्लीराम रिमालले आज अनेरास्ववियु (क्रान्तिकारी)को ज्ञापनपत्र बुझ्दै विद्यमान कानुन र मापदण्डलाई बेवास्ता गरी मनपरी शुल्क बढाउन र शुल्क उठाउन नपाइने बताउँदै अनुगमनबाट त्यस्ता कार्य भएको पाइएमा कारबाहीको आवश्वासन दिए ।
edu
ज्ञापनपत्र बुझाउन गएका क्रान्तिकारीका कोषाध्यक्ष लालबहादुर तामाङले सरकारले प्रतिबद्धता गरेअनुसार त्यस्ता विद्यालयलाई कारबाही नगरे आफूहरु पुनः आन्दोलनमा उत्रने चेतावनी दिए । उनले संविधानतः निःशुल्क शिक्षा पाउने हकलाई पनि पालना गराउनु राज्यको दायित्व हो भन्दै विगतमा आफूहरुसँग भएका सहमति पालना गर्न पनि माग गरिएको बताए  । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१