काठमाडौं,२५ चैत । तीन दिने नेपालबन्द फिर्ता लिने ३० दलीय मोर्चाको निर्णयपछि मोर्चाभित्र विवाद चकिर्कको छ । मोर्चामा रहेका मधेसी र जनजाति पार्टीहरुले पुष्पकमल दाहालबाट धोका भएको आरोप लगाएका छन् । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हिजो साँझ एक वक्तव्य जारी गर्दै एकीकृत नेकपा माओवादी अध्यक्ष दाहालले जनजाति, मधेसी र उत्पीडित समुदायलाई धोका दिएको बताउनुभएको छ ।
हिजो बेलुका बसेको ३० दलको बैठकले चैत २५ र २६ को नेपालबन्द फिर्ता लिने निर्णय गरेकोमा यादवले आपत्ति प्रकट गर्नुभएको हो । आन्दोलन उत्कर्षमा पुग्न लागेका बेला दाहालले नेपाल बन्द फिर्ता लिएर धोका दिएको यादवको आरोप छ । नेपाल बन्द फिर्ता लिने ३० दलको निर्णय लगत्तै प्रेस विद्दप्ति जारी गर्दै यादवले दाहाल नेतृत्वको ३० दलीय मोर्चाले चैत्र २४, २५ र २६ गतेका लागि पूर्वघोषित आमहड्ताल फिर्ता लिएको निर्णयप्रति कडा आपत्ति प्रकट गर्नुभएको हो । नेपाल बन्द फिर्ता लिने निर्णयप्रति आफ्नो कुनै सहमति नरहेको भन्दै यादवले निर्णयप्रति दुःखसमेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया