काठमाडौँ, २५ चैत । पछिल्लो राजनीतिक घटनाक्रम र संविधानसभाको आउँदो बैठकलगायत विषयमा सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेका नेताबीच मंगलबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ । संविधान लेखनका विवादित विषयमा सहमति गरेर मात्रै संविधानसभाको बैठक हुनुपर्ने विपक्षी दलको आइरहेका बेला सत्तारूढ दलले सहमतिको प्रयाससँगै प्रक्रियाबाट भएपनि संविधान ल्याउनुपर्नेमा उत्तिकै जोड दिँदै आएका छन् । विपक्षी मोर्चाले बन्दको निर्णय फिर्ता नलिँदै बसेको बैठकमा विपक्षी मोर्चाको निर्णय कुरिएको बैठकमा सहभागी एक नेताले बताए । सुरुमा मोर्चाले हड्ताल फिर्ता नलिने भन्दै तयारीको लागि कार्यकर्तालाई निर्देशन दिएपछि बालुवाटारमा अन्यौल र आक्रोश बढेको थियो । त्यसपछि विपक्षी मोर्चाको नेताहरुसँग कुराकानी भएपछि हड्ताल रोकिने खबर आएको थियो ।
द्विपक्षीय भेटवार्ताबारे नेताहरूले ठोस प्रतिक्रिया दिन चाहेनन् । नेकपा एमालेका महसचिव ईश्वर पोखरेलले भने, ‘संविधानसभाको आगामी बैठकलगायका विषयमा छलफल अनौपचारिक भएको हो । त्यस्तो कुनै निर्णय भएको छैन ।’ संविधान लेखनका विवादित विषयमा सहमति जुटाउन दलहरुबीच पटक–पटक औपचारिक र अनौपचारिक बैठक बसेपनि सहमति जुट्न सकेको छैन । संविधान निर्माणका प्रमुख विवादित विषयमध्ये तीन वटा विषय सहमति नजिक पुगेकाले राज्य पुनःसंरचनाको विषयमा समेत छलफलकै आधारमा सहमति जुटाउन प्रयास गर्ने बारेमा पनि कुराकानी भएको थियो ।
प्रतिक्रिया