अझै रोकिएन बन्द,झापामा जल्यो भारतीय भ्यान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ चैत्र २०७१, बुधबार १०:३५

झापा,२५ चैत । तीन दिने आम हड्ताल घोषणा गरेको ३० दलीय गठबन्धनले मंगलवार नै बन्द फिर्ता लिए पनि झापामा भने बुधवार पनि बन्द कायमै राखिएको छ । बन्दको बेला आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा एकीकृत माओवादी झापाले जिल्ला बन्द कायमै रहेको हो । बन्दले जिल्लामा बुधवार विहानैदेखि यातायात सेवा सञ्चालन हुन सकेका छैनन् ।  मंगलबार बेलुका चापागाईंलाई प्रहरीले पक्राउ गरेपछि मोर्चाका कार्यकर्ता आक्रोशित बनेका छन् । मंगलबारैमेचीनगर नगरपालिकाको कार्यालय र दमकस्थित मालपोत कार्यालयमा तोडफोडमा संलग्न मोर्चाका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

japaपक्राउ परेका चापागाईं तथा अन्य कार्यकर्ताको रिहाईको माग गर्दै झापा बन्द यथावत राखिएको मोर्चाका कार्यकर्ताले बताएका छन् । बुधबार विहान सवा आठ बजे मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गस्थित चारालीनजिक देउनीया खोलाको पुलमा एउटा भारतीय मारुती भ्यानमा आगजनी गरेका छन् । डब्लुबी ७४ बी ९५९५ नम्बरको उक्त भ्यानमा दार्जीलिङको खरसाङबाट ६ जना धरानको बुढासुब्बा मन्दिरमा पुजा गर्न जाँदै गरेको भ्यानका चालक छिरिङ लामाले बताए ।  दक्षिणतिरबाट मोटरसाइकलमा आएका मोर्चाका कार्यकर्ताले भ्यानमा आगजनी गरेर उत्तरतिर भागेको छिरिङले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१