एस्टन भिल्ला र क्युपिआरको खेल बराबरीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ चैत्र २०७१, बुधबार १०:२५

इङ्गलिश प्रियिमर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराती भएको खेलमा एस्टन भिल्ला र क्विन्स पार्क रेन्जर्स क्युपिआरले बराबरी खेलेका छन् । एस्टन भिल्लाको मैदान भिल्ला पार्कमा भएको खेल ३-३ गोलको बराबरीमा सकिएको हो । खेलमा एस्टन भिल्लाको लागि क्रिष्चियन बेन्टेकेले ह्याट्रिक गरेका थिए । क्युपिआरका लागिभने म्याथ्यु फिलिप्स, क्लिन्ट हिल र चार्ली अस्टिनले एक एक गोल गरेका हुन् । यो बराबरीपछि रेलीगेशनबाट बच्न संघर्षरत एस्टन भिल्लालाई केही राहत मिलेको छ । लिगमा ३२ खेलबाट २९ अंक जोडेको एस्टन भिल्ला १६ औं स्थानमा उक्लिएको छ ।

crictinbantakefinalएक खेल कम खेलेको हल सिटी २८ अंकको साथ १७ औं स्थानमा रहेको छ । क्युपिआर, बर्न्ले र लेष्टर सिटी भने रेलीगेशन क्षेत्रमा रहेका छन् । अंक तालिकामा ३० खेलबाट ७० अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ भने एक खेल बढी खेलेका आर्सनल ६३ अंकको साथ दोस्रो, म्यान्चेस्टर युनाईटेड ६२ अंकको साथ तेस्रो तथा म्यान्चेस्टर सिटी ६१ अंकको साथ चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१