उपनिर्वाचनको तयारी अन्तिम चरणमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ चैत्र २०७१, बुधबार १०:०१

नारायण रिजाल
बागलुङ ,२५ चैत । यहि चैत्र २८ गते हुन लागिरहेको बागलुङ क्षेत्र नम्बर १ को संविधान सभा उप निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।  उपनिर्वाचमा प्रयोग हुने विद्युतीय मतदानका लागि आवश्यक पर्ने निर्वाचन सामग्री सहित आवश्यक जनशक्ति नियुक्ती पत्र बुझेर सम्बन्धित मतदान केन्द्रमा जाने क्रम सुरु भएको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले जानकारी दिए । उप निर्वाचनमा मतदान व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री समन्धित निर्वाचन अधिकृत र कर्मचारीलाई हस्तान्तरण गरिसकेको उपाध्यायले बताए । निर्वाचनमा ७० मतदान केन्द्रको व्यवस्था गरिएको छ । जसको लागि निजामति कर्मचारी ३ सय ५० र स्वयमसेवक ४ सय २० गरी कुल ७ सय ७० जना जनशक्ति परिचालन भएका छन । सुरक्षाको व्यवस्था अवश्यकता अनुसार निर्वाचन सुरक्षा समितिले बन्दोबस्त गरेको बताईएको छ ।
Printनिर्वाचनका लागि सुरक्षा व्यवस्था राम्रो भएकाले ढुक्क भएर आफूलाई मन परेको उम्मेदवारलाई विद्युतीय उपकरणको प्रयोग गरी मतदान गर्न निर्वाचन कार्यालय आग्रह गरेको छ ।
मतदानका लागि असक्त, वृद्ध, गर्भवती महिला लगायत मतदाताका लागि छुट्टै व्यवस्था भएको ,विद्युतीय उपकरणबाट हुने मतदान गोपनीय हुने र कुन दल वा स्वतन्त्र उम्मेदवारलाई मत दियो भन्ने कुरा गोप्य रहने बताईएको छ ।
उपनिर्वाचनमा मतदाता परिचय पत्र नभइकनै पनि भोट हाल्न पाउने नयाँ व्यवस्था गरेको छ । परिचयपत्र नभएको अवस्थामा निजको मतदाता नामावलीमा रहेको नाम र विवरणसँग मेलखाने नेपाली नागरिकताको प्रमाण–पत्र वा जग्गाधनी प्रमाण–पत्र वा सवारी चालक अनुमति–पत्र वा नेपाल सरकार र नेपाल सरकारको स्वामित्वमा रहेका संस्थाबाट जारी गरिएका मतदाताको परिचय खुल्ने तस्विर सहितको अन्य कागजातको आधारमा पनि उपनिर्वाचनमा मतदान गर्न दिने व्यवस्था मिलाएको  जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१