पारस अझै यिनकै पञ्जामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ चैत्र २०७१, बुधबार ०९:०९

काठमाडौं – पूर्वयुवराज पारस शाह काठमाडौं आए,पत्नी हिमानी भोलिप्लटै दिल्ली हिँडिन् । सम्बन्धमा कुनै समस्या पक्कै छ । तर,नदेखिएको दृश्य यही हो कि पारस अहिले कडा घेराबन्दीमा छन् । उनैले चाहँदा पनि कसैलाई भेट्न सक्दैनन् । अर्कोतर्फ उनीमाथिको खतरालाई मध्यनजर गर्दै निर्मल निवासले प्रहरीका एकजना आइजीमार्फत महाराजगञ्ज वृत्तलाई हाइअलर्टमा राखेको छ ।

 

पारसलाई पूर्व महानिरीक्षक हेमबहादुर सिंहका जोगी भेषधारी छोरा प्रभञ्जनबहादुर सिंह,जनकपुर भएका राजेश सिंह ,लतिलपुरका अभयबहादुर शाहहरुले एकछिन पनि छोड्न नपाउने गरी घेरामा राखेका छन् । उनी ग्रहशान्तिका लागि राजधानीमा अवस्थित केही धार्मिकस्थल पुग्दा उनका वरिपरि प्रदर्शन गर्दै केही मानिस जम्मा भए । ती व्यक्तिले ‘हामी सरकारसँग दर्शनभेट चाहन्छौं’ भन्दै उनी बसेको चप्पल कारखानास्थित क्लब कुण्डलिनी घेराउ नै गरे । भित्रबाट केही खबर आएन । बरु प्रहरीहरु आएर आ–आफ्नो बाटो लाग्नुस् , नभए लाठी चार्ज हुन्छ भनेर धपाउनुपर्यो । पारसलाई सर्वसाधारणले मात्र होइन,परिवारका मान्छेले समेत भेट्न पाएका छैनन् ।

अरु त अरु बहिनी ज्वाइँ तथा कुण्डलिनीका स्वामित्वलाल डा. राजिव शाहले पनि भेट पाएका छैनन् । पहिला फिटनेस सेन्टर सञ्चालित कुण्डलिनीलाई अस्पतालमा परिणत गर्ने योजनाअनुसार पूर्वाधार तयार पार्ने काम भइरहेको थियो । एकाएक पारस आएर बसिदिएपछि अस्पताल निर्माणको प्रारम्भिक काम प्रभावित भएको छ,आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१