पहिलो पटक श्रिलंकाली फिल्ममा पुष्कर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ चैत्र २०७१, मंगलवार २२:३५

नेपाली चलचित्रका चर्चित खलनायक पुष्कर भट्टलाई अब श्रिलंकाली फिल्ममा पनि देख्न पाइने भएको छ । केहि दिन अगाडी श्रिलंकाको एक चर्चित पत्रिका ‘लंकादिप’ले समाचार प्रकाशन गर्दै यस्तो खबर बाहिर ल्याएको हो । उक्त पत्रिकामा नेपाली कलाकार पुष्कर भट्ट श्रीलंकाली फिल्म खेल्दैं भनेर समाचार प्रकाशन गरिएको थियो । श्रिलंकाली फिल्मका चर्चित निर्देशक रोदनी रत्नाले पुष्करलाई श्रिलंकाली फिल्म खेल्ने अवसर दिन लागेका हुन् । नेपालमा छायांकन हुने नाम नखुलाइएको चलचित्रमा खलनायक पुष्कर भट्ट मुख्य भुमिकामा रहने छन् । चलचित्र पुर्ण रुपमा श्रिलंकाली भाषामानै निर्माण हुने निर्देशक रत्नाले जानकारी दिए ।

उनले भने -‘पुष्कर भट्टको चलचित्रहरु मैले यूटुवमा धेरै पटक हेरेको थिए र मैले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा पुष्कर भट्ट सुहाउँदो कलाकार भएका कारण हामीले उहाँलाई लिने निर्णय गरेका हौं ।’ करिब २ सातापछि नेपाल आउन लागेको जानकारी दिदैं निर्देशक रोदनी रत्नाले नेपाल आएपछि नै चलचित्रको नाम पनि छनोट गरिने जानकारी दिए ।

puskar battaश्रिलंकाली भाषामा चलचित्र निर्माण हुने भएकाले कलाकार पुष्कर भट्टलाई केहि असहज भने पक्कै हनेछ तर हामीसँगको कुराकानीमा पुष्कर भन्छन् -‘अहिले उक्त चलचित्रकै लागी भनेर अहिले म श्रिलंकाली भाषा सिक्दैं छु ।’  उनी अगाडी भन्छन् -‘यो मेरो लागी अवसर र चुनौती दुवै हो किनकी नेपाली कलाकारलाई श्रिलंकाली फिल्मको अफर आउनु त्यो जस्तो खुसीको कुरा के हुन्छ होला र ? त्यसैले यस चलचित्रको लागी अहिले म पूर्व तयारी स्वरुप श्रिलंकाली भाषा सिक्दैं गरेको छु । श्रिलंकाली भाषामा चलचित्र निर्माण हुने भएकाले मलाई केहि गाह्रो हुन्छ होला तर त्यसको लागी अहिले म तयारी गरिरहेको छु ।’  सूदुरपश्चितको कञ्चनपुरस्थित दैजी गाविसमा २०३० सालमा जन्मिएका पुष्करले अहिलेसम्म करिब नेपाली चलचित्रहरु मात्रै १०० वटा भन्दा बढि गरिसकेका छन् भने भोजपुरी चलचित्र पनि उनले २ दर्जनौं भन्दा बढि गरिसकेका छन् ।

 कुनै दिन बलिउडको सुपरस्टार बन्छु भनेर भारत छिरेका पुष्करलाई अब श्रिलंकाली फिल्ममा पनि देख्न पाउने कुराले यति बेला उनका फ्यानहरु गदगद भएका छन् । नाम नखुलाइएको श्रिलंकाली फिल्मको छायांकन ०७२ साल सगैं सुरु हुने पनि पुष्करले जानकारी दिए । हाल पुष्कर रक्क्षन्दा प्रा.लीको व्यानरमा निर्माण भइरहेको चलचित्र ‘रामजाने’को छायांकनका लागी सूदुरपश्चिममा रहेका छन् । केही दिन अगाडी मात्र ‘कसैलाई नभन्नू’ चलचित्रको छायांकन सकाएका पुष्करको पछिल्लो प्रदर्शनमा आएको नेपाली चलचित्र भने ‘हिम्मतवाली’ हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१