काठमाडौं,२४ चैत । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाले तीनदिने आम हडताललाई छोट्याउने आश्वासन उद्योगी–व्यवसायीहरुलाई दिएका छन् । बन्द फिर्ता लिन माग गर्दै मंगलबार दाहाललाई भेट्न गएका उद्योगी–व्यवसायीहरुलाई दाहालले मंगलबार साँझ बस्ने ३० दलीय मोर्चाको बैठकमा बन्द छोट्याउनका लागि प्रस्ताव राख्ने बताएको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले हामीलाई जानकारी दिए । महासंघले प्रधानमन्त्री सुशील कोइरालालाई पनि बन्द फिर्ता गराउनका लागि पहल गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया