काठमाडौं,२४ चैत । ३० दलिय मोर्चाको आमहड्तालका क्रममा मंगलबार अपराह्न काठमाडौंको बिजुलीबजार क्षेत्रमा पुनः अर्को मोटरसाइकलमा आगो लगाएका छन् । बन्दकर्ताहरुले बिजुलीबजार पुल नजिकै सी बी जेट मोटरसाईकलमा आगजनी गरेका हुन् । बिजुलीबजार क्षेत्रमा बिहानपनि एउटा मोटरसाइकलमा बन्दकर्ताहरुले आगजनी गरेका थिए । बिजुलीबजार क्षेत्र बिहानैदेखि तनाबग्रस्त रहेको छ । निषेधित क्षेत्रमा बन्दकर्ताहरु प्रवेश गर्न खोज्दा प्रहरी र बन्दकर्ता बिच बेला बेला झडप समेत भएको छ । बन्दकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । झडपमा केही प्रर्दशनकारी र प्रहरी घाइते भएका छन् । काठमाडौं उपत्यका बाहिर पनि बन्दले गर्दा जनजीवन प्रभावित भएको छ ।
बन्दकर्ताले देशका विभिन्न भागमा तोडफोड गरे छन् । पाल्पामा बन्दकर्ताले ८ वटा मोटरसाइकलमा तोडफोड गरेका छन् । बन्दकर्ताले सदमुकाम तानसेनका विभिन्न स्थानमा बन्दमा चलाएको भन्दै मोटसाइकलमा तोडफोड गरेका हुन् । तोडफोड भएका मध्ये बा ५५ प ८०५९, लु ७ प ३३७१ र लु १४ प ५१४४ नम्बरको मोटरसाइकलमा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । यस्तै सप्तरीमा पनि बन्दकर्ताले मोटरसाइकल तोडफोड गरेका छन् । बन्दकर्ताले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको स १ ब ३५५ नम्वरको मोटरसाइकलमा तोडफोड गरेका हुन् । बन्दका कारण मोरङको जनजीवन पनि प्रभावित भएको छ । बन्दकर्ताले विराटनगरमा पेट्रोलियम पद्धार्थ बोक्ने ट्यांकरमा तोडफोड गरेका छन् । बन्द अबज्ञा गरेको भन्दै बन्दर्काले ट्यांकरमा आक्रमण गरेका हुन । पेट्रोलियम पद्धार्थ लिनका लागि भारत तर्फ जाँदै गरेको ना ४ ख १९६२ नम्बरको ट्यांकरमाथि तोडफेड भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया