३३ वर्षकी भइन् सन्नी लियोन, थाहा पाउनुस् उनका १० गोप्य कुराहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० बैशाख २०७१, मंगलवार १२:२१

मुम्बई (एजेन्सी)– सन्नी लियोन आज ३३ वर्ष पुगेकी छिन् । उनको सेक्सी अवतारसँग धेरै मानिसहरु जानकार छन् । तर सन्नीको यस्ता धरै गोप्य कुराहरु छन् जुन धेरैलाई थाहा छैन । आउनुहोस्, उनको जन्मदिनको अवसरमा उनका १० गोप्य कुराहरुको जानकारी हामी तपाईंलाई दिनेछौँ । १. सन्नी लियोनको सक्कली नाम करनजीत कौर बोहरा हो । २. सन्नीले जर्मन बेकरीमा पहिलो जागिर खाएकी थिइन् । त्यतिबेला उनको उमेर १५ वर्षको थियो । Sunny-Leone_11३. प्लेब्वाई इन्टरप्राइजको भाइस प्रसिडेन्ट अफ मार्केटिङ म्याट एरिक्सनको साथमा प्रेम सम्बन्धमा थिइन् । ४. सन्नी यो एडल्ट इन्डष्ट्रिमा आउनुपूर्व नर्सको पढाई गरिरहेकी थिइन् । १९ वर्षको उमेरमा उनले यो इन्डष्ट्रिमा आफ्नो पहिलो कदम राखेकी थिइन् । ५. सन्नी लियोन पोर्न फिल्ममा काम मात्र गर्दिनन् यसको निर्देशन पनि गर्दै आएकी छिन् । उनले ४२ पोर्न फिल्मको निर्देशन गरेकी छिन् भने ४१ फिल्ममा काम गरेकी छिन् । ६. फाष्ट फुड र किवि फ्रुटहरु सन्नीलाई निकै मनपर्छ । सन्नी पार्टीहरुमा रम्न सक्दिनन् । ७. सन्नीको दोस्रो पोर्न फिल्म भर्चुअल भिभिड गर्ल सन्नी लियोनले एभीएम अवार्ड पनि पाएकी थिइन् । यो अवार्डलाई पोर्न फिल्म इन्डष्ट्रिको ओस्कार पनि भनिन्छ । ८. सन् २०१० मा पुरुषहरुको म्यागजिन म्याक्सिनको १२ शीर्ष फीमेल पोर्न स्टारको सूचिमा सन्नी पनि सूचिकृत थिइन् । ९. ड्यानियल बिबरसँग सन्नीले तीन वर्षको प्रेम सम्बन्धपछि विवाह गरेकी हुन् । एक साथीको मार्फतबाट दुबैले एकअर्कालाई चिनेका थिए । १०. सन्नी लियोन मोहित सुरीको फिल्म कलयुगमा एक क्यामियोको भूमिका गर्ने भएकी थिइन् तर उनले यसका लागि १० लाख डलर मागेकाले मोहितले आफ्नो अफर फिर्ता लिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१