पूर्व क्रिकेट कप्तान विनोद दासले दिए सन्यास

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ चैत्र २०७१, मंगलवार १५:११

काठमाडौं,२४ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान विनोद दासले खेल जीवनबाट सन्यास लिएका छन् । उनी सन् २०१२ मा मलेसियामा आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन ४ खेलेदेखि खेलाडीको रुपमा मैदान उत्रिएका थिएनन् ।

Binod-Dasखेलाडीबाट सन्यास नलिँदै उनी प्रशिक्षकको रुपमा काम गरिरहेका थिए ।
नेपाल क्रिकेट संघ क्यानले उनलाई नेपाल क्रिकेट एकेडेमीको प्रशिक्षक बनाएको थियो । उनले एसिसीको लेभल ३ कोचिङको प्रमाण पत्र लिएका छन् । दास ३ महिनाअघि भएको आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईमा सहायक प्रशिक्षको रुपमा नेपाली टोलीसँगै नामिबिया पुगेका थिए । दासले १७ वर्षको उमेरमा सन् २००० मा नेपालको १९ वर्ष मुनिको राष्ट्रिय टोलीबाट विश्वकप खेलेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१