स्थायी शिक्षकका लागि आवेदन खुल्ला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ चैत्र २०७१, मंगलवार ११:२३

काठमाडौं,२४ चैत । शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तहमा स्थायी शिक्षकका लागि आवेदन खुला गरेको छ । मावि र निमावि तहमा ३२ सय पदका लागि आयोगले आवेदन माग गरेको हो । आवेदन आउँदो बैशाखको ३० गतेसम्म तोकिएका ठाउँमा बुझाउन सकिने आयोगका अध्यक्ष उदयराज सोतीले जानकारी दिनुभयो । स्थायी शिक्षकका लागि परीक्षा भने आउँदो असारमा हुनेछ । माध्यमिक तहमा पुर्वाञ्चलमा २ सय ८९, मध्यमाञ्चलमा ४ सय ८४, पश्चिमाञ्चलमा ३ सय ४२, मध्यपश्चिमाञ्चलमा १ सय ५५ र सुदुरपश्चिमाञ्चलमा १ सय १५ गरी १ हजार ३ सय ८५ पदमा आवेदन मागिएको छ ।

tsc-edukhabarयसैगरी निम्न माध्यमिक तहमा पुर्वाञ्चलमा ४ सय, मध्यमाञ्चलमा ५ सय ८८, पश्चिमाञ्चलमा ५ सय १४, मध्यपश्चिमाञ्चलमा २ सय २७ र  सुदुरपश्चिमाञ्चलमा १ सय ३५ गरी १ हजार ८ सय ६४ आवेदन पदमा मागिएको छ । विज्ञापन अनुसार माध्यमिक तहको नेपाली विषयका लागि पाँचै विकास क्षेत्रमा खुलातर्फ एकसय १७, महिलातर्फ ३२, आदिवासी जनजातितर्फ २५, मधेसी कोटामा २०, दलिततर्फ ९, अपांगतर्फ ६ र पिछडिएको क्षेत्रमा ३ जनाको लागि आवेदन माग गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१