पुलिस र एपिएफबीचको खेल स्थगित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ चैत्र २०७१, मंगलवार १०:२५

राष्ट्रिय लिग फुटबल अन्तर्गत मंगलबार काठमडौंमा हुने तय भएको खेल स्थगित भएको छ । एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको बन्दका कारण दिउँसो हुने भनिएको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीचको खेल स्थगित गरिएको अखिल नेपाल फुटवल संघ एन्फाका महासचिव धिरेन्द्र प्रधानले जानकारी दिनुभयो ।

national-leg-football12अहिलेसम्म भएका तीन खेलमा दुईमा जित र एकमा बराबरी खेलेको थ्री स्टार क्लब ७ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा छ भने दोस्रो स्थानको मनाङ मर्स्यांदीको ६ अंक छ र उसले दुई खेलमात्र खेलेको छ । खेलेका दुवै खेलमा हारेर अंक बिहिन बनेको नेपाली पुलिस अंक तालिकाको पुछारमा छ भने एक हार र एकमा बराबरी गरेको एपिएफ चार अंक सहित पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१