बाग्लुङमा बन्दको प्रभाव कम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ चैत्र २०७१, मंगलवार ०९:५६

बाग्लुङ, २४ चैत । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाले देशव्यापी रुपमा बन्द गरे पनि बाग्लुङमा भने यसको प्रभाव परेको छैन । यही चैत्र २८ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर बन्दलाई खुकुलो बनाइएको मोर्चाले जनाएको छ ।

831326862317देशव्यापी रुपमा बन्द गरिए पनि ग्रामीण क्षेत्रमा चल्ने छोटो दुरीका सवारी साधन निर्वाध रुपमा चेलका भएका छन् । बजारका तथा पसलहरु पनि बिहानैदेखी खुलेका छन् । यद्यपी बाग्लुङबाट बाहिरी जिल्लाका विभिन्न स्थानमा छुट्ने लामो दुरीका सवारी साधन भने चलेका छैनन् ।
उपनिर्वाचनको तयारी अन्तिम चरणमा रहेकाले बन्द फिर्ता नलिइए पनि कुनै अवरोध नगर्ने एकीकृत माओबादीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१