म्याग्दी,२३ चैत । म्याग्दी जिल्लाको कुइनेमङ्गले गाविसमा अवस्थित धौलागिरि हिमालको फेदैमा अवस्थित ‘हिमालका देवता’ को बासस्थान मानिने रिखार क्षेत्रको संरक्षण, प्रचारप्रसार र त्यस क्षेत्रको पर्यटन विकासका लागि स्थानीय बासिन्दा एकजुट भएका छन् ।
जिल्ला सदरमुकाम बेनीबजारदेखि करिब ४० किलोमिटर उत्तरतर्फ धौलागिरि हिमालको फेदमा अवस्थित रिखार क्षेत्र धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय गन्तव्यका रुपमा समेत महत्वपूर्ण रहेको छ ।
प्रतिक्रिया