२ वटा शोक प्रस्ताब पारित गर्दै संविधानसभाको बैठक स्थगित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ चैत्र २०७१, सोमबार १५:०८

काठमाडौं,२३ चैत ।  झण्डै २ महिनापछि सोमबार बसेको संविधानसभाको बैठक २ वटा शोक प्रस्ताब पारित गर्दै चैत ३० गते बस्ने गरि स्थगित भएको छ । माघ २९ पछि पहिलो पटक बसेको बैठक एमाले नेता रामनाथ ढकाल र पूर्व गृहराज्य मन्त्री महेन्द्र यादव प्रति शोक ब्यक्त गर्दै स्थगित भएको हो ।

Biccढकालको स्वाईन फ्लुका कारण काठमाडौंमा आइतबार र यादवको चैत्र १७ गते निधन भएको थियो । २०५१ सालमा गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा र २०६४ मा रुपन्देही ५ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका ढकाल राज्य व्यवस्था समितिका पूर्व सभापति रहनुभएको थियो । यस्तै नेपाली कांग्रेसका तर्फबात २०४८ र २०५१ सालमा महोत्तरी १ बाट निर्वाचित भएका यादब पूर्व गृहराज्यमन्त्री हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१