सम्राट सिंह
बझाङ,२३ चैत्र । नयाँ बर्षको अवसर पारी जिल्लाको सदरमुकाम नजिकै रिठापाटाको देवलमा संञ्चालन हुन गइरहेको बझाङ सांस्कृतिक महोत्सव तथा व्यापार मेलाको सम्पूर्ण तयारी पुरा भएको छ ।
जिल्लाको पर्यटकिय विकास,आन्तरिक व्यापार,लोक कला संस्कृतिको संरक्षण तथा प्रवर्दनका लागि आयोजना गरीएको महोत्सवमा सुपर स्टार नायक भुवन केसी,एशियाका होची महिला मञ्जु घिमिरे, पोखरेली माग्ने बुढा लगायत स्थानिय कलाकारबाट विभिन्न सांस्कृतिक कार्यक्रम प्रर्दशन गर्ने भएका छन । महोत्सवका मुख्य आयोजक करिमा म्यूजिकका निर्देशक कमल जिसीले सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए ।
महोत्सवमा विपि सांस्कृतिक कला प्रतिष्ठान केन्द्रले छलिया भस्सो,डेउडा,चाली लगायतका लोक संस्कृतिलाई झल्काउने किसिमका कार्यक्रम प्रदर्शन गर्ने भएका छन । साथै जिल्लामा रहेका धार्मीक तथा पर्यटकिय स्थलहरु सुर्मा देवि मन्दिर,खप्तड, हात्तीसार दरबार,साइपाल हिमाल,तपोवन,सुर्मा ताल लगायतका मावतावादी राजा जयपृथ्वी बहादुर सिंहको पनि प्रचार प्रसार गर्न महोत्सवको आयोजना गरिएको बझाङ सांस्कृतिक महोत्सव तथा व्यापार मेलाका संयोजक नरेन्द्र खडकाले बताए ।
प्रतिक्रिया