काठमाडौं,२२ चैत । डा.केसीको आन्दोलनको परिणाम स्वास्थ्य शिक्षा र सेवा क्षेत्रमा रहेका बेथितिविरुद्ध आमरण अनशनमा बसेका डा.गोविन्द केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयनको पहिलो पाइलास्वरूप नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.जागेश्वर गौतमले आइतबार राजीनामा गरेका छन्।
डा.केसीका १० सूत्रीय मागमा मेडिकल कलेजको सम्बन्धनमा संलग्न विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिललगायत पदाधिकारीहरूमाथि कारबाही पनि एक थियो। सम्झौता गर्ने बेलामा मुख्य सचिव लीलामणि पौडेलले उनीहरूमाथि कारबाही हुने र त्यसको परिणाम एक दुई दिनमै आउने आश्वासनसमेत दिएका थिए। उच्च सरकारी स्रोतअनुसार, उनको राजीनामाको जानकारी मुख्य सचिव लीलामणि पौडेललाई स्वास्थ्य सचिवले जानकारी गराइसकेका छन्। पौडेलले समेत यो जानकारी डा.केसीलाई गराइसकेका छन्।
प्रतिक्रिया