इङलिस प्रेमियरसिप फुटबलमा चेल्सीद्धारा स्टोक पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ चैत्र २०७१, आईतवार १६:४९

imएजेन्सी । इङलिस प्रेमियरसिप फुटवलको शीर्ष टोली चेल्सीले पछिल्लो खेलमा स्टोकमाथि जित हात पार्दै अंक तालिकामा अग्रता बढाएको छ । गएरातिको जितपछि ३० खेलबाट ७० अंक जोडेको चेल्सी दोस्रो स्थानको आर्सनल भन्दा ७ अंकले अगाडी छ । चेल्सीले गएराति स्टोकविरुद्ध २–१ को जित निकाल्यो । इडेन हाजार्डले ३९ औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएकोमा स्टोकले ५ मिनेटपछि बराबरी गरेको थियो । तर लोइक रेमीले ६२ औं मिनेटमा गरेको गोलबाट चेल्सीले जित हात पारेको हो । उता, ३१ औं खेलमा जित हात पार्ने क्रममा आर्सनलले भने लिभरपुललाई ४–१ ले हरायो । प्रेमियरसिपका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्ला ३–१ ले पराजित गर्‍यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१