काठमाडौं, २२ चैत्र । पोखरा, २२ चैत्र । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमतिको संभावना नदेखिएको भन्दै निर्णायक आन्दोलनका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । आज पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले सत्तारुढ दलहरु सहमतिका लागि तयार भए आन्दोलनका कार्यक्रममा परिमार्जन गर्न सकिने समेत बताए ।
हाललाई आम हड्ताल लगायतका विरोध कार्यक्रम यथावतै रहेको उल्लेख गर्दै उनले आन्दोलनलाई सशक्त बनाउनुको विकल्प नभएको बताए । काँग्रेस र एमालेले सहमतिबाट संविधान बनाउन नचाहेको भन्दै उनले राज्य पुनर्संरचनाको विषय थाति राखेर संविधान जारी गर्ने कुरा मान्य नहुने समेत स्पष्ट पारे । कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेको घट्नाक्रमलाई नियाल्दा यो लडाई दिर्घकालीन हुने बताए । उनले जनताको जित नहुदासम्म आन्दोलन चलिरहने समेत बताए । आफुहरुका जुनसुकै मागलाई पनि सत्तापक्षले बेवास्ता गरेको भन्दै प्रचण्डले ७ प्रदेशमा तयार हुने अबस्था आएमा कांग्रेस एमालेले त्यसलाई पनि नमान्ने दावी गरे । कांग्रेस एमालेले संविधानसभाबाट संविधान जारीनै गर्न नखोजेको उनको आरोप छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला एमाले अध्यक्ष केपी ओली बिगतको जन आन्दोलन बिरोधी भएको आरोप लगाउदै अध्यक्ष प्रचण्डले प्रमुख पार्टीकै कारण अहिले पनि समस्या आएको बताए । सहमतिका लागि आफुहरु बालकोट र बालुवाटार धाएपनि कांग्रेस एमालेका नेताहरु सक्रिय नभएको समेत उनको जिकिर छ ।
ठुला मिडियाहरुले समेत बिषयबस्तुमा नगइकन एकोहोरो कांग्रेस एमाले संविधान निर्माणको पक्षमा रहेको र एकीकृत माओवादी लगाएतका ३० दल संविधान निर्माणको बिपक्षमा रहेको भन्ने प्रचार गरेको बताए । कार्यक्रममा उद्योग बाणिज्य महासंघका कार्यबाहक अध्यक्ष पशुपति मुरारकाले आर्थीक विकासका लागी बन्द हड्तालले समस्या पार्ने भएकोले आन्दोलनको स्वरुप परिबर्तन गर्न आग्रह गरे । नेपाल उद्योग परिषदका बरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले अब नेपालमा निराशा बाड्ने काम भन्दा पनि समृद्धीको बाटो जरुरी रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बन्द हड्तालका कार्यक्रम फिर्ता लिन आग्रह गरे ।
प्रतिक्रिया