यस्तो चस्मा जसबाट विश्व देख्न सकिन्छ !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ चैत्र २०७१, आईतवार १३:५४

सडकमा हिड्दै गर्दा केही युवती गुनगुनाउँदै छन् । उनलाई चिनिएको छैन, तर पनि आफुतिर हेर्दै अनेक हाउभाउ गरिरहेकी छन् । चिनेचिनेजस्तो गरी मुस्कुराउँदै अगाडि बढिरहेकी छन् । तर, त्यसो होइन, यो त एउटा चस्माले गरिदिएको कमाल हो । ती युवती आफैंले लगाएको गुगल ग्लास (चस्मा) मै हराएकी छन् ।

gggगुगल चस्माको कमाल देखेर मुस्कुराउँदै, गुनगुनाउँदै हिडेकी पनि हुन सक्छिन् । हो, बादशाह सर्च इन्जिन गुगलले यस्तै अविश्मरणीय चस्मा बजारमा ल्याएको छ । त्यो चस्मा जहाँबाट तपाईं भर्चुअल विश्वमा रमाउन सक्नुहुन्छ । अर्थात् इन्टरनेटको त्यो भर्चुअल विश्वलाई तपाईं आफ्नो आँखामा टाँसेर हिड्न सक्नुहुनेछ ।  बढ्दो प्रविधिको विकासले विश्वलाई नजिक ल्याएको छ । सुचना प्रविधिमा अब यस्तो चमत्कार हुँदै छ, जसबाट तपाईंले भर्चुअल विश्वलाई आफ्नो आखाँमै राख्न सक्नुहुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१