बारा, २२ चैत । बारामा एक युवकको हत्या भएको छ । रामपुर टोकनी–७ को बारीमा धारिलो हतियारले हानेर हत्यागरी फालिएको अवस्थामा अन्दाजी २५ वर्षका युवकको शव फेला परेको हो ।
युवकको टाउको, घाँटी र छातीमा धारिलो हतियारले हानेको चोट रहेको प्रहरीले जनाएको छ । युवकको परिचय खुलेको छैन र हत्या बारे अनुसन्धान भैरहेको बाराका प्रहरी उपरीक्ष लोकेन्द्रबहादुर मल्लले बताउनुभयो । युवकको शव नारायणी उपक्षेत्रीय अस्पतालमा विरगञ्जमा राखिएको छ ।
प्रतिक्रिया