महिलाको सुरक्षाका लागि नेपालमा पहिलो पटक एप

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ चैत्र २०७१, आईतवार ११:२४

महिला रक्षाकै लागि भनेर नेपालमा पहिलो पटक एप बनाईएको छ । बढ्दो महिला हिंसालाई मध्यनजर गर्दै रक्षा एप बनाएको वुमन नेपालले जनाएको छ । यो एपमा महिलाले कुनै सन्देश पहिले नै टाइप गरेर सेभ गर्नु पर्छ । म अप्ठ्यारोमा परें, मलाई बचाउ जस्ता कुनै पनि सन्देश टाइप गर्ने र त्यो सन्देशको तल आफन्त र महिला सेलको मोबाइल नम्बर सेभ गरेर राख्नु पर्छ ।

app3जोखिममा परेको बेला मोबाइलको पावर स्वीच दुईपटक दबाउना साथ सेभ भएका नम्बरहरुमा जोखिममा परेकी महिला रहेको स्थान सहित सन्देश पुग्ने र सजिलै उद्दार हुने वुमन नेपालले जनाएको छ । यो प्रविधिले मोबाइल प्रयोगकर्ता महिलाले आफ्नो आत्मारक्षा गर्न सक्ने संस्थाले जनाएको छ । रक्षा एप rakshya.org मा गई डाउनलोड गर्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१