आर्सनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी, चेल्सी शिर्ष स्थानमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ चैत्र २०७१, आईतवार ११:१५

इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत गएरातीका खेलहरुमा आर्सनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् । लण्डन क्लव आर्सनलले लिभरपुलमाथि ४-१ को शानदार निकालेको छ । जितसंगै आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यसैगरी चेल्सीले स्टोक सिटीलाई २-१ ले हराँउदा म्यान्चेस्टर युनाईटेडले एस्टन भिल्लालाई ३-१ ले पराजित गर्‍यो ।

VILLAAगएरातिका अन्य खेलहरुमा एभर्टनले साउथह्याम्पटनलाई १-० ले, लेस्टर सिटीले वेष्ट ह्याम युनाइटेडलाई २-१ ले, स्वान्सी सिटीले हल सिटीलाई ३-१ ले तथा क्यूपिआरले वेष्टब्रोमलाई उसकै मैदानमा ४-१ ले हरायो । जितसंगै म्यान्चेस्टर युनाईटेड ३१ खेलबाट ६२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ६१ अंकको साथ चौथो स्थानमा झरेको छ । लिगमा ३० खेलबाट ७० अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ भने ३१ खेलबाट ६३ अंक जोडेको आर्सनल दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१