सुरेशमानले बोलाए पर्यटन बोर्डको आपतकालिन बैठक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ चैत्र २०७१, आईतवार १०:३४

काठमाडौं,२२ चैत्र । पर्यटन सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष सुरेशमान श्रेष्ठले बोर्ड कार्यकारी समितिको आपतकालिन बैठक बोलाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डका उच्चतहका कर्मचारी सहित बोर्ड संचालक समिति सदस्यबिरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्धा दायर गरेपछि सचिव श्रेष्ठले आइतबारका लागि आपत्तकालिन बैठक बोलाएका हुन् । ntbआइतबार बस्ने समितिको बैठकले बोर्डमा देखिएको अन्यौल र आगामी कार्यदिशाको विषयमा छलफल गर्ने सचिव श्रेष्ठले जानकारी दिए । बोर्ड बैठक पछि बोर्डको अवस्थाबारे सरकारलाई जानकारी गराइने बताइएको छ । अख्तियारले तत्कालीन प्रमुख कार्यकारी अधिकृत सहित समितिका चार जना सदस्य एवं उच्च अधिकृतलाई विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१