राष्ट्रिय लिग फुटबल शुक्रबारदेखि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७१, बिहीबार १६:५१

काठमाडौँ, १९ चैत । केही समयका लागि स्थगित राष्ट्रिय लिग फुटबल प्रतियोगिताको खेल शुक्रबारदेखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार अपराह्न ३:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल प्रहरी क्लबले झापा फुटबल क्लबको सामना गर्नेछ । प्रतियोगितामा यसअघि समान १–१ खेल खेलेका दुवै टोली हार व्यहोर्दै अङ्कविहीन छन् । यसअघि दुई खेल खेलेको थ्रिस्टार क्लब छ अङ्कका साथ लिगको शीर्षस्थानमा तथा समान खेल खेलेको मनाङ मस्र्याङ्दी क्लब ६ अङ्कका साथ गोल अन्तरका आधारमा लिगको दोस्रो स्थानमा छन् ।

nepal त्यस्तै सशस्त्र प्रहरी बल (एपिएफ) चार अङ्क जोड्दै लिगको तेस्रो स्थानमा तथा समान अङ्क नै जोडेको नेपाल आर्मी क्लब गोलअन्तरका आधारमा चौथो स्थानमा छन् । दुई खेल खेलेको लुम्बिनी फुटबल क्लब भने एक खेलमा हार तथा एक खेलमा जित हासिल गर्दै लिगको पाँचौँ स्थानमा छ । लुम्बिनीको तीन अङ्क छ । प्रतियोगितामा दुई खेल खेलेको मोरङ फुटबल क्लब र कैलाली फुटबल क्लब दुवै खेलमा हार व्यहोर्दै अङ्कविहीन छन् । होम एन्ड अवेका आधारमा भएको सो प्रतियोगिताको खेल काठमाडौँ उपत्यकामा मात्र नभई बाहिर कैलाली, रुपन्देही, झापा र मोरङमा पनि सञ्चालन गरिने एन्फाले जनाएको छ । गत माघ ७ गतेदेखि सञ्चालित उक्त प्रतियोगिता बीचको केही समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएका कारणले गर्दा केही समयका लागि स्थगन गर्नुपरेको एन्फाले जनाएको छ । प्रतियोगितामा विजेता टोलीले रु एक करोड प्राप्त गर्नेछ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१