जिमेल अब नेपाली भाषामै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७१, बिहीबार १५:३०

विश्वका सर्वाधिक प्रयोगकर्ताको रोजाइमा रहेको जिमेल अब नेपाली भाषामा पनि चलाउन पाइने भएको छ । सोमबारदेखि जिमेलले नेपाली भाषासँगै अरु १३ भाषामा पनि आफ्नो सेवा उपलब्ध गराउन सुरु गरेको हो । जिमेलका सिनियर प्रोजेक्ट म्यानेजर इयान हिलले अब जिमेल सेवाले इन्टरनेट चलाउने ९४ प्रतिशत प्रयोगकर्ताको भाषालाई समेटेको दाबी गरेका छन् ।

gmailजिमेलमा नयाँ थपिएका भाषाहरुमा क्यानेडियन, फ्रेन्च, अफ्रिकन, जुलु र सिंहाली रहेका छन् । यस्तै अर्मानियन, अजरबैजनी, गालिसियन, जर्जियन, खमेर, लाओ तथा मंगोलियन भाषा पनि रहेको छ । यो सँगै जीमेलले सेवा दिने भाषाको संख्या ७१ पुगेको छ । सन् २००४ मा सुरु भएको जिमेल सेवाको विद्युतीय पत्राचार सेवा इमेलको जगतमा अहिले विश्वकै सबैभन्दा धेरै प्रयोगकर्ता रहेका छन् । सन् २०१२ मा हटमेललाई पछाडी पार्दै जिमेलले अहिले आफ्नो बर्चश्व कायम गरिरहेको छ । नेपालीमा जिमेल चलाउनका लागि सेटिङ अप्सनमा गएर भाषा परिवर्तन गर्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१