काठमाडौं,१९ चैत । पोखराबाट मुस्ताङको जोमसोमसम्म सिधा बससेवा सुरु भएको छ । पृथ्वी राजमार्ग बस व्यवसायी समिति र मुस्ताङ जिप तथा बस व्यवसायीको संयुक्त पहलमा गत सोमबारदेखि सो सेवा सुरु भएको हो । पोखराबाट जोमसोमसम्म जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सहजताका लागि बस सेवा सुरु गरिएको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताउनुभयो ।
पोखराबाट जोमसोमसम्मको एकतर्फी भाडा अहिले प्रतिव्यक्ति एक हजार दुई सय रुपैयाँ निर्धारण गरिएको छ । यो मार्गमा नयाँ र सुविधायुक्त ३६ सिटको बस संचालन हुनेछन् । पोखराबाट जोमसोम सम्मको दुरी करिब १ सय ६० किलोमिटर रहेको छ । यात्रुहरुको चापलाई हेरेर आगामी वैशाखदेखि दैनिक तीनदेखि चार बस चलाइने उहाँले बताउनुभयो । स्थानीय
यातायात व्यवसायीको एकाधिकारको मार पदै आएको सो मार्गमा पर्यटन र यातायात व्यवसायीबीच बारम्बार विवाद हुँदै आएको थियो ।
प्रतिक्रिया