जनताको हक अधिकारका लागि काँग्रेस मर्न तयार छ : उप-सभापति पौडेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७१, बिहीबार १२:२३

नारायण रिजाल

बागलुङ,१९ चैत्र । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली जनतालाई लोकतान्त्रिक संविधान दिन र अधिकार सम्पन्न गराउनका लागि नेपाली काँग्रेस जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताएका छन । बागलुङ क्षेत्र नम्वर १ मा हुन गैरहेको उपनिर्वाचकाका लागि नेपाली कांगे्रस बागलुङले जिल्लाको बिहु गाबिसस्थित अछेतेमा आयोजना गरेको आमसभालाई संबोधन गर्दै आगामि ५ वर्षमा मुलकमा काँग्रेसले ठुलो परिवर्तन ल्याउने बताए । उनले राष्ट्रियताको रक्षा र जनताको हक अधिकारका लागि काँग्रेस मर्न तयार रहेको बताए । मुलुकको बिकास र परिवर्तका लागि काग्रेसको बिकल्प नभएको भन्दै नेता पौडेलले, काँग्रेसकै नेतृत्वमा लोकतान्त्रिक संबिधान जारी हुने जिकिर समेत गरे । शान्ति पर्यटन र बिकासका लागि काग्रेसले बिगत देखीनै बिशेष खालका निति अवलम्वन गरेको भन्दै उहांले , सरकारमा रहदाँ नेपाली काँग्रेस उदारणिय काम गरेर देखाई छाडने बताएका थिए ।
ramchandraपौडेलले काग्रेसले बिपन्न वर्गको हितका लागि हलो जोतेर आन्दोलनको शुरुवात गरेका दावी समेत गरे । कम्युनिष्टहरुले मान्छेको टाउको काटेर आन्दोलनको शुरुआत गरेका छन, तर नेपाली काँग्रेसले हलो जोतेर आन्दोलनको शरुआत गरेको ईतिहास छ , उनको भनाई थियो । उनले बागलुङको धार्मिक एवं पर्यटन विकास र अर्गानीक खेतीका लागि प्रशस्त सम्भावना भएको जिल्ला भएकोले ,यी सम्भावनाको संरक्षणका लागि काँग्रेसले बिषेस निती गर्ने बताए । आगामी चैत्र २८ गते हुन गै रहेको बागलुङ क्षेत्रनं. १ मा हुन गैरहेको उपनिर्वाचनमा सबैका लोकप्रिय सभासद दिवंगत हरी बहादुर खड्काले शुरु गरेका अधुरा कार्यलाई सम्पन्न गर्नका लागि उहांकी धर्मपत्नी चम्पा देबी खड्कालाई मत दिएर बिजयी गराउन आग्रह समेत गरे । सो अवसरमा नेपाली काङ्गेसका केन्द्रिय सदस्य एबं सभासद अर्जुन प्रसाद जोसी, रत्ना सेरचन, सभासद प्रकाश शर्मा पौडेल, ज्ञान कुमारी छन्त्याल लगायतले काँग्रेसको विजयले मात्र मुलुकले निकास र बिकास पाउने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१