शिक्षामा लगानी बढ्दैं उपलब्धि भने घट्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७१, बिहीबार ११:५०

भक्तपुर,१९ चैत ।  हरेक बर्ष सरकारले शिक्षामा लगानी बढाए पनि उपलब्धि भने घट्दै गएको फेला परेको छ । शिक्षा मन्त्रालय अन्र्तगतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा ८ का विद्यार्थीहरुको सिकाई उपलब्धिबारे गरेको अध्ययनले यस अघिको तुलनामा उपलब्धि घटेको फेला पारेको हो ।दुई बर्ष अघि ४३ प्रतिशत रहेको गणित विषयको उपलब्धि यस पटक घटेर ३५ मा झरेको छ भने, ४९ प्रतिशत रहेको नेपाली विषयको उपलब्धि ४८ मा झरेको छ ।देशभरका विभिन्न २८ जिल्लाका एक हजार एक सय ९९ विद्यालयका ४४ हजार ६७ विद्यार्थी बिच अध्ययन गरिएको थियो । गत बर्षको फागुन २९ गतेबाट गरिएको अध्ययनको मस्यौदा सार्वजनिक गर्दै केन्द्रका प्रमुख सहसचिव डा. लेखनाथ पौडेलले सन्तोष गर्ने ठाउँ नभएको भन्दै चिन्ता ब्यक्त गरे । ‘विद्यालयहरुमा सुधार गर्नु पर्छ भन्ने पत्ता लगाएका छौं कसरी सुधार्ने भन्ने मन्त्रालयको कुरा हो’ उनले भने, ‘विदेशमा यस्तो संस्थाले दिने सुझाव नैतिक बन्धन बन्छ हाम्रोमा त्यो प्राक्टिस नहुँदा उपलब्धि सुध्रनु पर्नेमा घट्यो ।’

edu२०६२ सालमा एकजना विद्यार्थी बराबर २ हजार ९ सय ९३ रुपैयाँ खर्च हुनेमा यस वर्ष बढेर १२ हजार ३ सय १४ पुगेको छ । प्रतिवर्ष सरदर १० हजारको दरले खर्च गर्दा एउटा विद्यार्थीलाई एसएलसीसम्म पढाउन राज्यले न्यूनतम एक लाख रुपैयाँसम्म खर्च गर्छ । तर, खर्चको तुलनामा उपलब्धि भने घट्दै जानुले शिक्षाका नीति नियम सुधारको आवश्यकता दर्शाएको छ । यस अघि नेपाली, सामाजिक र गणित विषयको उपलब्धि अध्ययन गरिएकोमा यस पटक सामाजिकको सट्टा विज्ञान विषय समाबेश गरिएको थियो । विज्ञानमा पनि जम्मा ४१ प्रतिशत उपलब्धि रहेको फेला पारेको छ । राष्ट्रिय उपलब्धि सामान्यतया ४८ प्रतिशत हुनु पर्छ । यसअघिको अध्ययन सन् २०११ म गरिएको थियो भने सन् २०१३ को प्रतिबेदनको मस्यौदा बुधबार सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१