इटाली र इंग्ल्यान्ड बराबरीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७१, बिहीबार ११:३१

युरोकप फुटबल छनोट प्रतियोगिताको अभ्यासस्वरुप खेलिएको एक मैत्रीपूर्ण फुटबल खेलमा इटाली र इंग्ल्यान्डले बराबरी खेलेका छन् ।  विश्व फुटबलका दुई बलिया राष्ट्रहरुबीच इटालीको टुरिनमा भएको खेल एक–एक गोलको बराबरीमा सकिएको हो । खेलको २९औं मिनेटमा साउथह्याम्पटनका स्ट्राइकर ग्राजियानो पेलेले एक गोल गर्दै इटालीलाई अग्रता दिए ।

eetaliतर, दोस्रो हाफमा टोटनह्यामह हट्सपरका खेलाडी एन्ड्रोस टाउनसेन्डले एक गोल फर्काउँदै इंग्ल्यान्डको हार टारेका हुन् । यो खेलसँगै ईटाली विश्वकपपछिका हरेक खेलमा अपराजित रहँदा इंग्ल्यान्डले पनि अपराजित खेल संख्या ९ पु¥याएको छ । मंगलबार राति भएका अन्य मैत्रीपूर्ण खेलहरुमा नेदरल्यानड्सले स्पेनलाई २–० ले पराजित गर्दा स्वीडेनले इरानलाई ३–१ ले हराएको छ । कमजोर मानिएको केप भर्डे आइल्यान्डले भने पोर्चुगललाई २–० ले हरायो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१