‘एमाओवादी सहितको मोर्चा संविधानसभा भंग गराउने सुनियोजित खेलमा’ : कमल थापा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७१, बिहीबार ११:१९

विराटनगर,१९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ‘एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा संविधानसभा भंग गराउने सुनियोजित खेलमा लागेको’ आरोप लगाएका छन् । विराटनगरमा बुधबार आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले ‘एमाओवादी र मधेसी दलहरुको आन्दोलन संविधानसभा समाप्त पार्ने षड्यन्त्र’ भएको बताए । ३० दलीय मोर्चाको उद्देश्य संविधानसभा भंग गराउने र देशलाई थप अस्थिरतातर्फ धकेल्ने भएको उनको जिकिर थियो । त्यस्तैं उक्त कार्यक्रममा बोल्दैं कमल थापाले कांग्रेस र एमालेका कारण लोकतन्त्र खतरामा परेको उनले बताए ।

kamalउनले एमाओवादी, मधेसवादी मोर्चाले संविधानसभाको प्रक्रिया छाडेपछि सत्ता पक्षलाई सघाउँदै विधि र प्रक्रिया मानेको आफ्नो पार्टीमाथि कांग्रेस र एमालेले निषेधको राजनीति गरेको आरोप लगाए । ‘अहिलेको समय सबैलाई समेटेर संविधान निर्माण गर्ने हो, तर कांग्रेस-एमाले आफ्नो एजेन्डामात्रै लगेर अरूलाई निषेध गर्दै छन्,उनले भने । विवादित विषयहरु संविधानसभाबाटै टुङ्ग्याउनुपर्ने कुरामा जोड दिँदै अध्यक्ष थापाले सहमतिका नाममा सत्ताको मोलमोलाई भइरहेको उल्लेख गरे। उनलेले संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई संविधान सभाको पूर्ण बैठक तत्काल बोलाउन आग्रह गरे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१