कामठाडौं,१९ चैत । नेपाल भ्रमणमा रहेका अमेरिकन सिनेटर टिम रेजर र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा आज विहान भएको भेटवार्तामा सिनेटर रेजरले नेपालको पछिल्लो राजनीतिक अवस्था र शान्ति प्रक्रियाबारे चासो व्यक्त गरेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले पछिल्लो समय दलहरुबीच सहमति नबन्दा संविधान निर्माण प्रक्रिया चुनौतीपूर्ण बन्दै गएको बताए । उनले जतिसुकै चुनौति थपिएपनि सहमतिमै संविधान बन्ने विश्वास व्यक्त गरेका थिए ।
प्रतिक्रिया