काठमाडौं । आपसी विवादमा झगडा हुँदा कुटपिटबाट जोरपाटी नयाँबस्तीका सुशील गुरुङको मृत्यु भएको छ। गत वैशाख १४ गते राति जोरपाटीस्थित ट्रिपल एक्स डान्सबारमा गुरुङ र नयाबस्तीकै अजय लामा, सिन्धुपाल्चोक नवलपुरका विमल रानामगर, सिन्धुली माझीटारका मदन तामाङ र बारा निजगढका राम लामाबीच झगडा भएको थियो। महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार कुटपिटबाट घाइते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो। प्रहरीले कुटपिटमा संलग्न सबैलाई पक्राउ गरेको छ।
प्रतिक्रिया