पर्यटन बोर्डको खर्च पारदर्शी बनाउन निर्देशन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ चैत्र २०७१, बुधबार १५:५८

काठमाडौं,१८ चैत । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपाल पर्यटन बोर्डको खर्च पारदर्शी बनाउन निर्देशन दिएको छ । समितिको बुधबारको बैठकमा बोर्डका तर्फबाट पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले बोर्डको विनियोजित रकम १४ प्रतिशत मात्र खर्च भएको जानकारी दिएपछि समितिले पारदर्शी ढंगबाट काम अघि बढाउन निर्देशन दिएको हो ।

touपर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधारलगायतका काम नगर्ने र रकम फ्रिज गर्ने काम नगर्न भन्दै समितिले गैरसरकारी संघ–संस्थालाई दिएको रकमको समेत राम्रोसँग लेखा परीक्षण गर्न भनेको छ । बैठकमा सभासदहरुले भने बोर्डको रकम मनपरीरुपमा खर्च गरेको, उत्पादक काममा प्रयोग हुन नसकेको र ठूलो रकम फ्रिज हुने खतरा रहेको भन्दै मन्त्रालय र बोर्ड पदाधिकारीको आलोचना गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१