आईपिएल क्रिकेट अन्तर्गत शीर्ष दुईको भिडन्त हुँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ बैशाख २०७१, बुधबार १७:१६

बैशाख,२४ काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा आज शीर्ष दुई स्थानमा रहेका चेन्नेई सुपर किंग्स र किंग्स इलेभेन पञ्जावबीच प्रतिस्पर्धा हुदैछ । प्रतियोगितामा सात खेल खेलेको चेन्नेई १२ अंकका साथ शीर्ष स्थानमा छ भने चेन्नेई भन्दा एक खेल कम खेलेको पञ्जावको १० अंक छ ।

आजको खेलमा जीत हात पार्दै चेन्नेई शीर्ष स्थानमा रहने प्रयास गर्दा पञ्जाव उसलाई रोक्दै शीर्ष स्थानमा उक्लने प्रयासमा रहनेछ । जारी प्रतियोगिताको पहिलो खेलमा पञ्जावले चेन्नेईलाई पराजीत गरेको थियो । चेन्नेई र पञ्जाबबीचको खेल वेलुका सवा ८ वजेपछि सुरु हुनेछ । यसअघि आजै अपरान्ह सवा चार वजे कोलकत्ता नाईड राईडर्स र दिल्ली डेयर डेभिल्सबीच खेल हुनेछ ।

७ खेलबाट ४ अंक जोडेको कोलकत्ता अंक तालिकाको पाँचौ स्थानमा छ भने समान खेलबाट समान अंक जोडेको दिल्ली पुछारमा छ । यस अघि गयराती भएको खेलमा वंग्लौरलाई पराजीत गर्दै प्रतियोगितामा दोश्रो जित हात पारेको मुम्वई छैठौ स्थानमा उक्लिएको छ ।0690f4033b58bf6b6027fe6c7fec1288

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१