माओवादीले नै संविधान बनोस् भन्ने चाहेको छैंन : देउवा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ चैत्र २०७१, बुधबार १३:५१

कैलाली, १८ चैत्र । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत माओवादीले नै संविधान बनाउन नचाहेको आरोप लगाएका छन् । प्रेस यूनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा देउवाले एमाओवादी नेतृत्वको आन्दोलनले संविधान निर्माणको काम प्रभावित नहुने दावी गरे ।

sher_Bahadur_Deuba-copy_20130120082432उनले पार्टीभित्र देखिएको विवाद आन्तरिक समस्या भएकाले मिलेर अघि बढ्नुपर्ने बताए । नेता देउवाले अघिल्लो संविधान सभामा सुदूरपश्चिम नटुक्रिने कुरामा तीन दलका शिर्ष नेताले लिखित प्रतिवद्धता गरेकाले अब पनि सोही अनुसार हुने बताए । आगामी महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दिनेबारे नेता कार्यकर्ताहरुसँग सल्लाह गरिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१