राष्ट्रिय योग्यता प्रारुप निर्माण समिति गठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ चैत्र २०७१, बुधबार १३:४३

काठमाडौं,१८ चैत । शिक्षा मन्त्रालयले शिक्षाविद् प्रा.डा.मनप्रसाद वाग्लेको संयोजकत्वमा राष्ट्रिय योग्यता प्रारुप निर्माण समिति गठन गरेको छ । एक शैक्षिक संस्थाबाट अर्को शैक्षिक संस्थामा जान चाहने विद्यार्थीको योग्यता निर्धारणको विधि र प्रकृया कसरी गर्ने भन्ने अलमललाई सल्ट्याउन समिति गठन गरिएको हो । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् र उच्च माध्यामिक शिक्षा परिषद्का सदस्य सचिव, पाठ्यक्रम विकास केन्द्रका प्रमुख, विभिन्न विश्वविद्यालयका शिक्षा शास्त्र संकायका प्रमुख सहित नौ जना सदस्य हुने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । ‘समितिले आफ्नो कार्यविधि आफैं बनाउने र अवधि समेत आफैं तोक्ने गरि गठन गरिएको छ’ प्रवक्ता डा.हरी लम्सालले भने, ‘महत्वपूर्ण विषय हुँदा हुँदै पनि कम चर्चामा रहेको यो मुद्धालाई नीतिगत रुपमै स्पष्ट पार्न मन्त्रालयले काम शुरु गरेको हो ।’

eduप्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्मा पढेका वा विद्यालय शिक्षा पढेकालाई एक अर्कामा कसरी समायोजन गर्ने, अनौपचारिक शिक्षा पढेकालाई औपचारिक शिक्षाको प्रणालीले कसरी सम्बोधन गर्ने जस्ता विषयमा समितिले अध्ययन गर्ने छ । समितिले एक विश्वविद्यालयबाट अर्को विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई शिक्षा मन्त्रालयको प्रणालीले कसरी ब्यवस्थापन गर्ने जस्ता विषयलाई नीतिगत रुपमा स्पष्ट पार्ने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१