नेपालको पर्यटन क्षेत्रमा वैदेशिक लगानी बढ्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ चैत्र २०७१, बुधबार १३:२७

काठमाडौं,१८ चैत । लगानीको लागि आकर्षक मानिएको नेपालको पर्यटन क्षेत्रमा अहिले बैदेशिक लगानी निकै बढेको छ । प्रत्यक्ष लागानीको मूख्यद्वार मानिने उद्योग विभागमा चालु आर्थिक बर्षको आठ महिनाको तथ्याङ्क अनुसार ७१ वटा परियोजना थपिएका छन् । यो अघिल्लो बर्षको तुलनामा १ सय ३६ प्रतिशतले बढी हो । विभागका अुनसार भित्रीएका यि परियोजना मार्फत २ अर्ब २५ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ ।

touristपर्यटन क्षेत्रका लागि यो प्रतिबद्धता उत्साहपुर्ण रहेको विभागले जनाएको छ । चालु आवमा सरकारले स्वदेशी लगानी अभिबृद्धि गर्ने र अद्यौगिक नीतिलाई मुर्तरुप दिने भन्दै नयाँ औद्योगिक व्यवसाय ऐन २०७१ मन्त्रि परिषदबाट पास गरिसकेको छ । त्यस्तै सरकारले विदेशी लगानी नीति ०७१ पनि जारी गरिसकेको छ । नयाँ नीतिले दिगो र फराकिलो आर्थिक बृद्धि तथा रोजगारी सिर्जनाका लागि प्रसस्तमार्ग खोलेको प्रर्यटन व्यवसायि योगेन्द्र शाक्यले बताए । नीतिमा संस्थागत, व्यक्तिगत, तथा गैर आवासिय नेपाली लगानीकर्ता गरी तीन तहमा लगानी कर्ताको बर्गिकरण गरीएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१