यमनमा जारी भिडन्तमा ४५ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ चैत्र २०७१, बुधबार १३:००

yamanएजेन्सी । हूथी शिया विद्रोही र सरकारी सेनाबीच यमनमा जारी भिडन्तमा ४५ जनाको मृत्यु भएको छ । हवाई हमलामा अन्य ६५ जना घाईते भएका छन् । हज्जा प्रान्तको अल मज्राकमा भएको आक्रमणमा हूथी समर्थित लडाकुको मृत्यु भएको यमनको विदेश मन्त्रालयले जनाएको छ । राष्ट्रपति मन्सु हादीको सरकारविरुद्ध लड्दै आएको हूथी विद्रोहीलाई नियन्त्रण गर्न साउदीले यमनमा सैन्य सहयोग गर्दै आएको छ । साउदीको सैन्य सहयोगपछि यमनमा दुबै पक्षबीच आक्रमण तिब्र हुदै गएको बीबीसीले जनाएको छ । यमनमा समानान्तर सरकारको प्रयास गर्दै आएको हुथीलाई यमन राष्ट्रपति हादीले इरानको कठपुतलीको संज्ञा दिदै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१