मैत्रीपूर्ण म्याचमा मेसी नभएपनि अर्जेन्टिना विजयी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ चैत्र २०७१, बुधबार १२:५८

अर्जेन्टिनाले अन्तराष्ट्रिय मैत्रीपूर्ण म्याचमा इक्वेडरलाई पराजित गरेको छ । नियमित कप्तान लियोनल मेसी अनुपस्थित खेलमा अर्जेन्टिनाले २–१ को नतिजा निकालेको हो । सर्जियो अग्युरोले आठौं मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाएपनि मिलर बोलानोसले २४ औं मिनेटमा बराबरी गोल गरेका थिए ।

resize_imageदोस्रो हाफको १३ औं मिनेटमा जाभियर पास्टोरले गोल गर्दै अर्जेन्टिनालाई जिताएका हुन् । राष्ट्रिय टिमबाट पहिलो पटक खेलको उनको पहिलो गोल हो । चोटका कारण मेसीले भने इक्वेडरविरुद्ध खेल्न सकेनन् । अन्य मैत्रीपूर्ण म्याचमा इटली र इङल्याण्डले एक–एक गोलको बराबरी खेलेका छन् । इटलीले २९ औं मिनेटमा अग्रता लिएपनि ७९ औं मिनेटमा इङलिस टोलीले बराबरी गरेको हो । उता, नेदरल्याण्ड्सले स्पेनलाई २–० ले हरायो । उसले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१