उपाध्यक्ष पदका प्रत्यासी रामसी पाखरेल भन्छन् -‘दोहोरो नागरिकता आबश्यक छ’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ चैत्र २०७१, बुधबार १२:५५

अमेरिका,१८ चैत । एनआरएन एनसीसीका अध्यक्ष, उपाध्यक्षसहितका अधिकांश पदाधिकारीहरुले एनआरएनलाई दोहोरो नागरिकता अपरिहार्य हुने भन्दै त्यसका लागि नै आवाज उठाउने भन्दै भोट मागिरहेका छन् । त्यस्तैं उपाध्यक्षका प्रत्यासी रामसी पाखरेलले दोस्रो पूस्तालाई नेपाल सरकारले कानुनी रुपमा नागरिकको मान्यता नदिएमा नेपालले दक्ष जनशक्ती गुमाउन सक्ने बताए । पहिलो पूस्तालाइ दोहोरो नागरिकता नहुदा पनि नेपाल र बिदेशमा बस्नको लागि खासै समस्या कमै देखिए पनि दोस्रो पूस्तालाई नेपाल कानुनी रुपमा नागरिकको मान्यता नदिएमा नेपालले दक्ष जनशक्ती गुमाउन सक्ने उनको भनाई छ ।

ram-c-pokhrelअर्घाखाँची जिल्लामा जन्मिएर कलिलो उमेरमा नै अवसरको खोजी गर्दै अमेरीका आइपुगेका पोखरेल यतिबेला एनआरएन अमेरिकाका उपाध्यक्ष पदका प्रत्यासी छन् ।विगत दुई दशकदेखि अमेरिकाको डालसमा बसोबास गर्दै अएका पोखरेलले आफनो अध्ययन, जागिर, ब्यवसायको साथसाथै समाजसेवालाई पनि जीवनको मुख्य हाँगोको रुपमा लिएका छन् । डालासस्थित नेपाली समुदायमा हुने प्रायजसो सवै सामाजिक गतिविधिको सक्रिय पोखरेल डालास एभरेष्ट लाइन्स क्लवका अध्यक्ष, नेपलिज सोसाइटी अफ टेक्सासको अध्यक्ष, डालसस्थित नेपाली मन्दिरको वोर्ड अफ ट्रष्ट, डीएफडब्लु इन्टरनेशलन अर्गनाइजेसनको वोर्ड डाइरेक्टरसहित दर्जन भन्दा वढी संघसंस्थामा आवद्ध रही काम गरिसकेका छन् । अमेरिकामा नेपालीहरुको संख्या ३ लाखको हाराहारीमा रहेको छ भने एनआरएनएमा आवद्ध १२ हजार छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१